अवरुद्ध होलेसुङ-जनकराज राई सडक पुन: सञ्चालन

वर्षातका कारण अवरूद्ध भएकाे होलेसुङ-जनकराज राई मार्ग असोज २४ गतेबाट पुन: सुचारु भएको छ ।

सडक सुचारु गर्न हलेसी तुवाचुङ नगरपालिका वडा नं ५ बाट १०० घन्टा डोजर भाडाका लागि वडाअध्यक्ष रमेश तिवारीले आर्थिक सहयोग गरेका छन् भने त्यसपछि इन्धनलगायत सम्पूर्ण लागत समाजसेवी जनकराज राईले एक लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन् ।

होलेसुङ-जनकराज राई मार्ग उपभोक्ता समितिका अध्यक्ष केवलनारायण राई, कोषाध्यक्ष घनश्याम राईलगायतको सक्रियतामा सडकको स्तरोन्नती गरिएकाे छ ।

दसै‌ंमा आवतजावत सहज होस् भनेर स्थानीय उपभोक्तहरुले जनश्रमसहित उत्साहजनक सहभागिता जनाएका थिए ।

हलेसी तुवाचुङ नगरपालिका–५, छापडाँडा दलस्वर राई चोकदेखि सुनकोशी बतासेघाट ख्रोप्पासम्म १४ किलोमिटर लामो सडकको अवरोध हटाई सञ्चालनमा ल्याइएकाे हाे ।

सडक सञ्चालन भएसँगै दसैंका यात्रुहरुलाई हलेसी छापडाँडा हुँदै लिम्चुङबुङ गाउँपालिका तथा खोटाङ र उदयपुरबासीहरुलाई आवतजावत गर्न सहज भएको उपभोक्ता समितिका अध्यक्ष केवलनारायण राईले बताए ।

करिब ९ वर्षअघि समाजसेवी जनकराज राईले उक्त सडक निर्माणका लागि २२ लाख ५४ हजार दुई सय ३७ रुपैयाँ सहयोग गरेका थिए ।

सडक खन्न सबैभन्दा बढी आर्थिक सहयोग गरेका सबाजसेवी जनकराज राई र ऐतिहासिक शासक होलेसुङको सम्मानमा स्थानीयले सडकको नाम ‘होलेसुङ-जनकराज राई मार्ग’ राखेका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्