Sunday, December 4, 2022
9.7 C
Diktel

९ जना केटाद्वारा ३ जना बालिका सामूहिक बलात्कृत

Subtitle

सिन्धुलीको कमालामाई नगरपालिका–५ बोझे निवासी तीन जना बालिकालाई नौ जना केटाहरुले सामूहिक बलात्कार गरेका छन् ।

शनिबार राति ती केटाहरुले बालिकालाई बोलाएर सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

कार्यालयका प्रहरी निरीक्षक रामभक्त भट्टराईका अनुसार सामूहिक बलात्कार गर्ने केटामध्ये तीन जनालाई पक्राउ गरिएको छ । बाँकी छ जना फरार छन् ।

बलात्कृत हुने बालिकाहरु १५, १६ र १७ वर्षका रहेको बताइएको छ ।

बलात्कार भएका बालिकाका अभिभावकले किटानी जाहेरी दिई ती केटालाई कारबाहीको माग गर्दै दिएको उजुरीका आधारमा २२ वर्षीय हिमा लामा, २४ वर्षीय गणेश मगर र २२ वर्षीय बिवेक मगरलाई पक्राउ गरिएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए ।

उनले फरार व्यक्तिको खोजतलास भइरहेको पनि बताए । उनले भने, ‘दसैंका कारण अदालत बन्द भएकाले बलात्कार गर्ने केटालाई कारबाही गर्न अहिले पक्राउ पूर्जी लिएका छौं । अदालत खुलेपछि थुनामा राखेर अनुसन्धान गर्ने म्याद थप लिई कारबाही प्रक्रिया अघि बढाउने छौं ।’

कार्यालयका अनुसार बलात्कार गर्ने एक जना केटा र बलात्कृत हुने एक जना बालिकाको पहिलेदेखि नै चिनजान रहेको र केटाहरुले बोलाएर जाँदा ती बालिकाहरु फसेको बताइएको छ ।

घटनाको अनुसन्धान गर्न बाँकी रहेकाले पूर्ण विवरण आउन बाँकी नै छ । बलात्कार हुने बालिकाको मेडिकल जाँचका क्रममा पनि बलात्कार भएको खुलेको जनाइएको छ । गाेरखापत्र अनलाइन

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्