महिला दर्शनार्थीमाथि याैनजन्य दुर्व्यवहार गर्ने पुजारी निलम्बित

पाल्पा । पाल्पाकाे भैरव स्थान मन्दिरका मुख्य पुजारी जितनाथ योगीलाई निलम्बन गरिएको छ ।

मन्दिरका मूल पुजारी जितनाथ योगीले महिला दर्शनार्थी माथि यौनजन्य अभद्र व्यवहार गरेपछि जिम्मेवारीबाट निलम्बन गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

समितिले प्रेस विज्ञप्ति जारी गर्दै पुजारीबाट भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पुजारी योगीले दर्शनका लागी आउने महिला दर्शनार्थीमाथि पटक पटक अभद्र व्यवहार गर्ने गरेको घटना बिभिन्न सामाजिक सन्जाल तथा मिडियामा सार्वजनिक भएको थियो ।

पुजारीको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै मन्दिर व्यवस्थापन समितिले सत्यतथ्य छानबिन नहुँदासम्म पुजारीलाई सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको जनाएकाे छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्