डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले खानेपानी तथा ढल निकास कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहालाई गुण्डागर्दी शैलीमा कार्यालयबाट बाहिर निकालेर अर्थनग्न बनाएर कुटपिट गर्दै नगर घुमाएका छन् ।

वर्षाको पानी ढल निकास भएर बग्ने नबनाएकाे भन्दै जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले कुशवाहालाई जबरजस्ती कार्यालयबाट बाहिर निकालेर कुटपिट गर्दै जनकपुरधामको रामानन्द चोकदेखि नगर परिक्रमा गराएका हुन् ।

दुई दिनको अविरल वर्षाले जनकपुरधाम जलमग्न भएको थियो । ढल निर्माणमा अनियमितता भएकोको कारण नगर जलमग्न भएको जनमत पार्टीका कार्यकर्ताहरुकाे दाबी छ ।

उक्त घटनामा संलग्न भएकाे आराेपमा प्रहरीले जनमत पार्टीका १० जना कार्यकर्तालाई पक्राउ गरेकाे छ ।

Please enter your comment!
Please enter your name here