कात्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन ए खुवाइने

देशभरिका बालबालिकालाई यही कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाइने भएकाे छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत छ महिनादेखि ५९ महिना उमेरसमूहका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन लागिएको हाे ।

सधैँ कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकामा यसपाली दसैँ परेकाेले कात्तिक ७ र ८ गते खुवाउन लागिएको हाे ।

स्वास्थ्य सेवा विभागका अनुसार भिटामिन ‘ए’ छ महिनादेखि ११ महिनासम्मका बालबालिकालाई एक लाख युनिट र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई दुई लाख युनिट खुवाइनेछ । सोही अवसरमा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधिसमेत खुवाइनेछ ।

२०० मिलिग्राम एकदेखि दुई वर्षका बालबालिकालाई र ४०० मिलिग्राम दुईदेखि पाँच वर्षसम्मका बालबालिकालाई अल्वेन्डाजोल (जुका)को औषधि खुुवाइनेछ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्