भीमबहादुर विश्वकर्मालाई न्याय दिन माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन

भरतपुर उपमहानगरपालिका वडा नं ४ का ५८ वर्षीय भीमबहादुर विश्वकर्मालाई जातीय विभेद र छुवाछुत गर्दै कुटपिट गरी हत्या गरिएपछि विश्वकर्माकाे परिवारलाई न्याय दिन माग गर्दै बिहीबार काठमाडाैंकाे माइतीघर मण्डलामा प्रदर्शन गरिएकाे छ ।

जनता समाजवादी पार्टीकाे शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिले आयाेजना गरेकाे प्रदर्शनमा जसपाकी कार्यकारिणी सदस्य हिसिला यमी, केन्द्रीय सदस्य दुर्गा साेब, केन्द्रीय सदस्य तथा शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिकी सहइन्चार्ज कमला हेम्चुरी, केन्द्रीय सदस्य एवम् लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिम, तम्सालिङ राष्ट्रिय समितिका अध्यक्ष कृष्ण घलानलगायत नेताहरुकाे उपस्थिति थियाे ।

जसमा दलित मुक्तिका अभियान्ता डा. मित्र परियार समेत सहभागी भएका थिए ।

विश्वकर्माले स्थानीय दुर्गा मन्दिरमा आफूहरुले पनि पुजा गर्न पाउनुपर्छ भनेर आवाज उठाएपछि उनीमाथि पाइप, इटा र ढुंगाले कुटपिट भएकाे थियाे । साे क्रममा गत असाेज २८ गते उनकाे मृत्यु भएकाे थियाे ।

जातीय छुवाछुतका कारण विश्वकर्माकाे हत्या भएपछि साे घटनाकाे विराेध भइरहेकाे छ । कुटपिटमा संलग्नहरुलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही अघि बढाएकाे छ ।

जसपाका नेता दलमर्दन कामीले उनलाई सांस्कृतिक सहिद घाेषणा गर्न माग गरेका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्