खुट्टाकाे औलाबाटै थाहा पाउनुस् आफ्नो स्वभाव

मान्छेकाे खुट्टाकाे औलाको आकार वा लम्बाई कुनै छोटो कुनै लामो हुन्छ । कसैकाे अलिक मिलेकाे हुन्छ कसैकाे मिलेकाे हुँदैन । एक मान्यता अनुसार औलाकाे लम्बाई अनुसार मान्छेकाे स्वभाव थाहा पाइन्छ । यहाँ पाँच प्रकारका औलाका आकारका बारेमा वर्णन गरिएकाे छ ।

१. घमण्डी स्वभाव

यदि खुट्टाको औलामा बुढी औला पछिका औलाहरु लगातार घट्ने क्रममा छन् भने त्यस्ता मानिसहरु घमण्डी स्वभावका हुन्छन् । यस्ता मानिसहरु जुनसुकै ठाउँमा पनि आफूलाई मानसम्मान मिलोस् भन्ने चाहाना राख्छन् । र आफूले भनेको सबैले मानुन् भन्ने सोच राख्छन् । यदि घरपरिवार तथा समाजमा आफूले भनेको कुरा कसैले मानेनन् भने झट्ट रिसाउँछन् । यस्ता मानिसहरु आफ्नो जीवनसाथीमाथि पनि आवश्यकता भन्दा बढी नै अधिकार जमाउँछन् ।

२. कडा परिश्रम गर्ने

खुट्टाका बुढी औला पछिका दुईवटा औला बराबर र त्यसपछिका दुई वटा औला छोटा हुने मानिसहरु कडा परिश्रम गर्ने खालका हुन्छन् । यस्ता मानिसहरु आफैले मेहनत गरेर काममा सफलता प्राप्त गर्न रुचाउँछन् । कामको कारणले नै यस्ता मानिसहरुले मानसम्मान प्राप्त पनि गर्छन् । अरु मानिसले गरेको कामको पनि प्रसंसा गर्छन् र मेहनती मानिसहरु यिनीहरुलाई मन पर्छ । यस्ता मानिसहरु आफ्नो घरपरिवारमा आफ्नो जिम्मेवारी बहन पनि गर्छन् । यी मानिसहरु आफ्नो कामले गर्दा नै धेरै उपलब्धि हासिल गर्छन् ।

३. युनिक ढगंले काम गर्ने

जसको चोर औला लामो र अन्य औलाहरु छोटा हुन्छन्, त्यस्ता व्यत्तिहरु कुनै पनि काम युनिक तरिकाले गर्न रुचाउँछन् । कामको बिषयमा यिनीहरुको योजना अरुको भन्दा फरक हुन्छ । आफ्नो योजनाको कारण यिनीहरुलाई अलग स्थान पनि मिल्छ । घरपरिवारमा पनि यिनीहरुलाई विशेष सुख सुविधा प्राप्त हुन्छ ।

४. शान्तिप्रिय

बुढी औला बाहेकका अरु औलाहरु छोटा र लम्बाई पनि बराबर भएका व्यत्तिहरुको स्वभाव शान्त हुन्छ । यिनीहरु कुल माइन्डवाला हुन्छन् । कुनै पनि काम आरामसँग गर्न रुचाउँछन् । यिनीहरु कहिल्यै पनि आवेशमा आउँदैनन् । यस्ता व्यक्तिहरु आफ्ना बिरोधीहरुसँग पनि शान्तपूर्ण ढगंले विजय प्राप्त गर्छन् । शान्तिप्रिय हुने कारणले गर्दा कहिलेकाही अल्छी पनि हुन्छन् । जसको कारण काममा पनि ढिला हुन सक्छ ।

५. जागरिला

जसको चोर औला लामो र त्यसपछिका औलाहरु छोटो हुने क्रममा हुन्छन् त्यस्ता व्यक्तिहरु जागरिला हुन्छन् । खासगरि यी व्यत्तिहरु क्रेजी हुन्छन् । यी व्यत्तिहरु कुनै पनि काम पुरा जोस र जाँगरका साथ गर्न रुचाउँछन् । यस्ता मानिसहरु मोजमस्त गर्न पनि रुचाउँछन् । यस्ता मानिसहरु जीवनमा खुसी हुन आनन्द लिन रुचाउँछन् । आफू पनि खुसी हुन्छन् र अरुलाई पनि खुसी राख्ने प्रयास गर्छन् । एजेन्सी

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्