सामाजिक सञ्जालकाे विकासले अहिले विश्वभरका अनेक चिज देख्न र भाेग्न पाइएकाे छ । याे एउटा खुला मिडिया भएकाे छ ।
तर यसले कहिलेकाही निकै अप्ठेराे परिस्थिति पनि ल्याइदिने गर्छ । यस्तै अवस्था आइपर्याे न्युजील्याण्डकी सामाजिक विकासमन्त्री कार्मेल सेपुलाेनीलाई ।
याे घटना केही महिना अघिकाे हाे । कार्मेल सेपुलाेनीले रेडियो समोआसँग एक लाइभ जुम अन्तर्वार्ता दिइरहेकी थिइन् ।
त्यही बेला उनका छाेरा सेक्स टाेय जस्ताे देखिने एक अनाैठाे वस्तु देखाउन काेठाभित्र छिरे । उनले छोरालाई रोक्ने प्रयास गरिन्, तर छाेराले मानेन ।
उनी निकै उत्साहित भएर आफूले भेटेकाे वस्तु आमालाई देखाउन चाहन्थे । आमा के गरिरहेकी छन् ? भन्ने उनले ख्यालै गरेनन् ।
उनले बाेकेकाे उक्त वस्तु गाजर थियाे र त्याे महिलाहरुकाे सेक्स टाेय जस्ताे देखिन्थ्याे ।
कार्मेलले छोरालाई गाजर नदेखाऊ भन्दै रोक्छिन् । र हतारमा माफी माग्छिन्, ‘एक सेकेन्ड पख्नुस् मेरो छोरा कोठामा आयो ।’
उनले छोरालाई ‘म अन्तर्वार्ता दिइरहेकी छु र म अनलाइन छु’ भनिन् । त्यसपछि मात्र छाेरा त्यहाँबाट निस्किए ।
याे हाँसाेलाग्दाे भिडियाे अहिले भाइरल भएकाे छ ।

मन्त्री कार्मेलले ट्वीटरमा सेयर गर्दै त्याे रोचक घटनाबारे लेखेकी छन्, ‘म अपमानित महसुस गरिरहेकी थिएँ । अब यो घटना याद गरेर आफ्नो हाँसो रोक्न सकिरहेकी छैन ।’
त्यसबेला गाजरका लागि छाेरासँग लगभग कुस्ती परिरहेकाे सम्झिदै उनले ट्वीट गरेकी हुन् ।
That moment when you’re doing a LIVE interview via Zoom & your son walks into the room shouting & holding a deformed carrot shaped like a male body part. 🙄🤦🏽♀️ Yes, we were almost wrestling over a carrot on camera, and yes, I’m laughing about it now but wasn’t at the time! 🥴 pic.twitter.com/oUbcpt8tSu
— Carmel Sepuloni (@CarmelSepuloni) August 30, 2021