भीमबहादुर विश्वकर्मालाई सांस्कृतिक सहिद घोषणा गर्नुपर्छ : दलमर्दन कामी

दलित मुक्तिका अभियान्ता दलमर्दन कामीले भीमबहादुर विश्वकर्मालाई जातीय विभेद गरेर नै मारिएकाले उनलाई सांस्कृतिक आन्दोलनका सहिद घोषणा गर्नुपर्ने बताएका छन् ।

शनिबार साल्पा अनलाइनसँग उनले भीमबहादुर विश्वकर्माको परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, उक्त घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने र विश्वकर्मालाई सांस्कृतिक सहिद घोषणा गर्नुपर्ने बताए ।

चितवनस्थित भरतपुर महानगरपालिका वडा नं ४ का विश्वकर्मालाई गत कात्तिक २८ गते हिन्दुहरुको महान् चाड दसैंको नवमीको दिन स्थानीय दुर्गा मन्दिरमा दलितहरुले पनि पुजा गर्नु पाउनुपर्ने विषयमा विवाद हुँदा हत्या गरिएकाे थियाे ।

उनले आफूहरुले पनि हिन्दु भएकाेले दुर्गा मन्दिरमा पुजा गर्नुपर्ने आवाज उठाएका थिए ।

सो क्रममा त कामी मन्दिर पस्ने कुरा गर्छस् भन्दै सिताराम बस्नेत र दिलिप श्रेष्ठले पाइप र इटाले कुटपिट गरेका थिए । सो क्रममा उनको मृत्यु भएको थियो ।

हाल उनको न्यायका लागि हाल दलित अधिकारकर्मीहरुले आन्दोलन गरिरहेका छन् ।

जनता समाजवादी पार्टीका नेता समेत रहेका दलमर्दन कामीले विश्वकर्माले न्याय नपाइञ्जेल आन्दोलन जारी रहने बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्