नेपाल संवतले अन्तर्राष्ट्रिय मान्यता पाउने प्रधानमन्त्री देउवाकाे भनाइ

प्रधानमन्त्री शेरबहादुर देउवाले तिथि अनुसार नेपालमा धार्मिक र सांस्कृतिक पर्वहरुको चलन रहेकाले ऐतिहासिक रुपमा नेपाल सम्बतको महत्व बढेर गएको बताएका छन् ।

नेपाल सम्बत ११४२ नयाँ वर्ष शुभारम्भ भएको दिनको अवसरमा काठमाडौंमा निकालिएको ¥यालीपछि आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले याे धारणा राखेका हुन् ।

जनताको ऋण तिरेर दासत्वबाट मुक्ति दिलाउँदै राष्ट्रिय विभूति शंखधर साख्वाःले सुरु गरेका यस सम्बतलाई राष्ट्रिय सम्बत मात्र होइन अन्तराष्ट्रिय सम्बतको मान्यता पाउने विश्वास लिएको बताए ।

प्रधानमन्त्री देउवाले नयाँ वर्षको शुरुवात भएसँगै देशमा शान्ति, उन्नति प्रगति कायम हुँदै कोरोना भाइरसबाट मुक्त हुने चाहना व्यक्त गरे ।

कार्यक्रममा नेपाल भाषा मंकाः खलःका अध्यक्ष जनकवि दुर्गालाल श्रेष्ठले राष्ट्रिय शंखधर शाख्वाः र नेपाल सम्बत सम्बन्धी आफ्नो नयाँ कविता वाचन गरेर आफ्नो धारणा राखे ।

न्हूदँ समारोहको आयोजना नेपाल सम्बत न्हूदँ राष्ट्रिय समारोहका संयोजक निरञ्जनरत्न शाक्यको सभापतित्वमा सम्पन्न भएको थियो ।

समारोहमा प्रधानमन्त्री देउवाले नेपाल सम्बत ११४२ को भित्रे पात्रो विमोचन पनि गरे । गाेरखापत्र अनलाइन

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्