गणकहरु आउँदा जातिमा ‘राई’ धर्ममा ‘किरात’ लेखाउनुस् : दयाहाङ राई

लोकप्रिय कलाकार दयाहाङ राईले राष्ट्रिय जनगणना–२०७८ मा जातिको महलमा राई, मातृभाषामा आआफ्नाे थरगत भाषा र धर्मको महलमा किरात लेखाउन किरात राई समुदायमा आग्रह गरेका छन् ।

राष्ट्रिय जनगणनासम्बन्धी किरात राई यायोक्खाले तयार पारेको भिडियो सन्देशमा उनले आफूले जातिमा राई र मातृभाषामा बान्तावा लेखाउने बताए ।

उनले भनेका छन्, ‘गणकहरु आउँदा म जातिको महलमा राई लेखाउँछु, तपाईहरुले पनि लेखाउन अनुरोध गर्दछु । मातृभाषाको महलमा म बान्तावा भएकोले बान्तावा भाषी लेखाउँछु र तपाई जुन भाषीको हुनुहुन्छ त्यो भाषा लेखाउनुहोला ।’

भोजपुर घर भएका उनले दोस्रो भाषामा नजिक रहेको राईहरुको कुनै एक भाषा र धर्ममा किरात लेखाउन आग्रह गरेका छन् ।

राष्ट्रिय जनगणनामा यायोक्खाले जातिमा राई, मातृभाषा र पुर्खाको भाषामा आआफ्नाे थरगत भाषा, दोस्रो भाषामा नजिक रहेका राईहरुको कुनै एक भाषा र धर्मको महलमा किरात लेखाउने अभियान चलाइरहेको छ ।

२०६८ सालको जनगणनामा पनि राईहरुले समेत धर्ममा हिन्दु, मातृभाषामा कसैले राई भाषा वा कसैले नेपाली लेखाएको हुनाले यसपटक सही तत्थ्याङ्क निकाल्न यायोक्खा तथा विभिन्न भाषिक संस्थाहरुले सचेतना अभियान चलाइरहेका छन् ।

राष्ट्रिय जनगणना कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म देशभर एकसाथ हुँदैछ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्