पाकिस्तानमा बलात्कार गर्नेलाई आजीवन याैन सम्पर्क गर्न नसक्ने बनाइने

पाकिस्तान सरकारले बलात्कार गरेको पुष्टि भए नपुङ्सक बनाउने कनून पारित गरेको छ । पाकिस्तानको संसदले हालै पारित गरेको नयाँ विद्येयकमा यस्तो व्यवस्था गरिएकाे हाे ।

विद्येयकमा लामो बलात्कार गरेको प्रमाणित भएको अवस्थामा अदालताले औषधि दिएर आजिवन यौन सम्पर्क गर्न नसक्ने बनाउने गरी आदेश दिन सक्ने बताइएकाे छ ।

त्यसपछि उसले मेडिकललाई सिफारिस गर्नेछ । जसमा केमिकल कास्ट्रेशन भन्ने औषधि प्रयोग हुनेछ । उक्त विद्येयकमा भनिएको छ, ‘रासायनिक (नपुंसकीकरण) एक यस्तो प्रक्रिया हो जसलाई प्रधानमन्त्रीले बनाएका नियमबमोजिम स्वीकृत गरिएको छ । यसबाट एक व्यक्तिलाई आजीवन यौन सम्पर्क गर्न नसक्ने बनाउन सकिन्छ र यसका लागि अदालतले औषधिको प्रयोग गर्ने आदेश दिन्छ । सो आदेशलाई एउटा मेडिकल बोर्डले स्वीकृत गर्छ।’

पाकिस्तानमा बलात्कारको घटना उल्लेख्य मात्रामा बढेको भन्दै कडा कानून बनाउन सरकारलाई सुझाव दिँदै आएको थियो । तर कट्टरपन्थी इस्लामिक समूहले भने बलात्कारीलाई दिइने यो सजायको बिरोध जनाएको छ ।

इस्लामिक कानूनमा कसैलाई नपुङ्सक पार्नेबारे उल्लेख नगरिएकोले यो प्रावधानको विरोध गरेको जनाइएको छ ।

पाकिस्तानको लाहौरमा यसअघि एक महिलामाथि दुई सन्तानै अगाडि सामूहिक बलात्कार भएको घटनापछि दोषीमाथि कडा कारवाही गनरिनुपर्ने आवाज उठेको थियो ।

यो सँगै पाकिस्तान सरकारले पनि सहमति जनाउँदै बलात्कारीलाई नपुङ्सक बनाउने प्रवधान ल्याएको बीबीसीले जनाएकाे छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्