प्रादेशिक सञ्चार प्रतिष्ठान र पर्यटन बोर्ड खारेज

प्रदेश १ सरकारले प्रादेशिक सञ्चार प्रतिष्ठान र प्रदेश पर्यटन बोर्ड खारेज गरेको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले अघिल्लो सरकारले नियमावलीमार्फत गठन गरेको दुबै संरचनालाई खारेज गर्ने निर्णय गरेको हो ।

बैठकले प्रादेशिक सञ्चार प्रतिष्ठान गठन, सञ्चालन तथा व्यवस्थापन नियमावली २०७७ तथा सो अन्तरगत गठन भएको प्रादेशिक सञ्चार प्रतिष्ठानसमेत खारेज गर्ने निर्णय गरेको छ ।

बैठकले प्रतिष्ठानको चल अचल सम्पत्ति अधिकार र दायित्व आन्तरिक मामिला तथा कानुन मन्त्रालयको हुने निर्णयसमेत गरेको छ ।

नेपाल पत्रकार महासंघले सुरुवातदेखि नै प्रतिष्ठानको संरचना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रवद्र्धनमा बाधक रहेको भन्दै विरोध र असहमति प्रकट गर्दै आएको थियो ।

प्रतिष्ठानको अध्यक्ष आन्तरिक मामिला तथा कानुनमन्त्री रहने गरी गठन भएको प्रतिष्ठान खारेज भएसँगै कार्यकारी निर्देशकमा नियुक्त भएका यज्ञप्रसाद शर्मासहित सबै सदस्यहरु स्वतः पदमुक्त भएका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्