युगान्डाको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल चीनको कब्जामा

चीनले युगान्डाको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल आफ्नो कब्जामा लिने भएको छ ।

युगान्डाले ऋण तिर्न नसक्दा चीनले युगान्डाको एन्टेबे अन्तर्राष्ट्रिय विमानस्थल आफ्नो कब्जामा लिने भएको हो ।

युगान्डाका राष्ट्रपति योवेरी मुसेभेनी नेतृत्वको तत्कालिन सरकारले सन् २०१५ मा सो विमानस्थल विस्तारका लागि चीनको एक्स्पोर्ट–इम्पोर्ट बैंकबाट २०७ मिलियन डल ऋण लिएको थियो ।

सात वर्षभित्र सो ऋण चुक्ता गर्ने सम्झौता भएको थियो ।

सम्झौताबमोजिम युगान्डाले तोकिएको समयावधिभित्र ऋण तिर्न नसक्ने भएपछि चीनले सो अन्तर्राष्ट्रिय विमानस्थल आफ्नो कब्जामा लिने भएको स्थानिय मिडियालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

चीनसँग सो सम्झौतामा पुनः वार्ता गर्न गत मार्चमा राष्ट्रपति मुसेभेनीले पत्र पठाएको समेत उल्लेख गरिएको छ । तर सो प्रस्ताव असफल भएको बताइएकाे छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्