Tuesday, March 28, 2023

मुख्यमन्त्री पाण्डेले रक्सी चढाएर गरे पुलकाे शिलान्यास

बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डेले रक्सी चढाएर पुलको शिलान्यास गरेका छन् ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका २ र ४ नम्वर वडा जोड्ने मरिण खोलाको आरसीसी पुल मुख्यमन्त्री पाण्डेले बोतलमा ल्याएको निगार रक्सी सगुन चढाएर पुलको शिलान्यास गरेका हुन् ।

पुल शिलान्यास कार्यक्रम पुजारी लामा भएकोले उनले सगुन स्वरुप रक्सी चढाएर पुलको शिलान्यास गरेको जनाइएको छ। लामा पुजारीको आग्रहमा पाण्डेले रक्सी चढाएर पुलको शिलान्यास गरेका हुन् ।

बागमती प्रदेश सरकारको १९ करोड २४ लाख ४१ हजार ८ सय १७ रुपैयाँ ६३ पैसामा निर्माण सुरु भएको उक्त पुल निर्माणको जिम्मा हिम्दुंग र थोकर इम्मानुयल सारस जेभीले पाएको छ ।

२०७८ साल असार २२ गते सम्झौता गरी २०७९ साल पुस २२ गतेसम्म निर्माण सक्ने गरी सम्झौता भएको उक्त पुलको लम्बाइ २६२ दशमलब ४० मिटर लामो रहेको बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयका सचिव अशोककुमार साहले बताए ।

पुलको कुल चौडाइ आठ दशमलब चार मिटर रहेको छ भने पुलको दायाबायाँ एक दशमलब दुई मिटर फुटपाथ रहने छ। स्पान सख्या पाँच वटा रहेको छ । थाहाखबर

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्