साकेला–५ को पञ्चकन्या आधारभूत विद्यालयमा व्यवस्थापन समिति अध्यक्षमा शिधन राई

खोटाङको साकेला गाउँपालिका वडा नं ५ कात्तिकेस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।

सोमबार विद्यालयमा परिसरमा आयोजित अभिभावहरुको भेलाले सर्वसम्मत रुपमा शिधन राईको अध्यक्षतामा ९ सदस्यीय नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको हो ।

जसमा लक्ष्मी खत्री, शर्मीला राई, मानबहादुर राई, गणेश राई, ईश्वरी राई, धनपाल राई र रमेशकुमार ढकाल सदस्य छन् भने विद्यालयका प्रधानाध्यापक शंकरप्रसाद घिमिरे सदस्य–सचिव छन् ।

यसैगरी उक्त भेलाले रविप्रकाश राईको अध्यक्षतामा ९ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरेको छ ।

जसमा चन्द्रकला राई, पर्शुराम राई, सुनिता तामाङ (राई), विमला खत्री, उमा चाहार, रमेश आचार्य र नगेन्द्र राई सदस्य छन् भने विद्यालयका प्रधानाध्यापक घिमिरे सदस्य–सचिव छन् ।

विद्यालय व्यवस्थापन समितिमा वडा प्रतिनिधिबाट धनपाल राई र शिक्षक प्रतिनिधिबाट रमेशकुमार ढकाल सदस्य बनेका हुन् ।

यसैगरी शिक्षक अभिभावक संघमा शिक्षक प्रतिनिधिबाट नगेन्द्र राईलाई सदस्य राखिएको हो ।

यसअघि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मोतीकर्ण राई थिए । उनले दुई कार्यकालभन्दा बढी नेतृत्व गरेका हुन् ।

करिब दुई वर्षअघि नै उनको पछिल्लो कार्यकाल सकिएको भए पनि कोरोना महामारीका कारण नयाँ विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेको विद्यालयका प्रधानाध्यापक घिमिरेले बताए ।

श्री पञ्चकल्या आधारभूत विद्यालयमा कक्षा ७ सम्म पढाइ हुने गरेको छ । जसमा ६३ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्