किरात राई यायोक्खा बेलायतकाे आठौं महाधिबेशन सम्पन्न, अध्यक्षमा चन्द्रबहादुर राई

किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितिको आठौं महाधिवेशन १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

संयुक्त अधिराज्य बेलायतको ग्याम्बल्स लेन वकिङस्थित किरात हाउसमा सम्पन्न भएको महाधिवेशनले चन्द्रबहादुर राईको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

जसमा ८३ वर्षीय पूर्खा लवजीज राईको प्रमुख आतिथि र किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति नेपालका उपमहासचिव तथा अनुशासन विभाग प्रमुख सुवासचन्द्र राई र किरात राई विधार्थी संघ केन्द्रीय कार्यसमितिका अध्यक्ष रामचन्द्रराई विशेष अतिथिकाे रुपमा उपस्थित थिए ।

किरात राई यायोक्खा बेलायतका पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार पदम राई (BEM) लगायत सरोकारवाला बेलायतबासी किरात राईहरुको महाधिवेशनमा बाक्लो उपस्थिति रहेको थियो ।

दिवङ्गत पितृहरुको सम्झनामा एक मिनेट मौनधारण गर्दै सुरु भएको खुल्लासत्रमा उपाध्यक्ष मेजर दिलकुमार राईले स्वास्थ्य एवं सुरक्षा सम्बन्धी जानकारी गराएका थिए भने उपाध्यक्ष क्याप्टेन सुमनचन्द्र राईले स्वागत गर्दै मन्तब्य राखेका थिए ।

महाधिवेशनको बन्दसत्र अन्तर्गत किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितिको सांगठानिक प्रतिवेदन संस्थाका महासचिव चन्द्रवती राईले प्रस्तुत गरेका थिए ।

संस्थाको कोष सम्बन्धमा सहकोषाध्यक्ष डा. महा राईले आयब्यय विवरण प्रस्तुत गरे ।

यसैगरी संस्थाको विधान परिमार्जन समितिका संयोजक उपाध्यक्ष जितेन्द्र साम्पाङ राईले परिमार्जित विधान प्रस्तुत गरे ।प्रस्तुत सबै प्रतिवेदनहरु महाधिवेशन प्रतिनिधिहरु विच छफफल गरी पारित गरिएको थियो ।

संस्थाका सबै प्रतिवेदनहरु प्रस्तुत र पारित भैसकेपछि किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितिका कार्यवाहक अध्यक्षले कार्यसमिति विघटन भएको घोषणा गर्दै अध्यक्ष मण्डलका अध्यक्ष नाक्छुङ किताबसेर राई र निर्वाचन समितिका प्रमुख पदम राई(BEM) लाई नया कार्य समितीको सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गरिएको घोषणा गरेका थिए ।

संस्थाका पूर्व अध्यक्ष समेत रहिसकेका पदम राई(BEM), युद्धराज राई र रामचन्द्रराई सम्मिलित ३ सदस्यीय निर्बाचन मण्डलले नयाँ कार्यसमिति चयन गरेको थियो ।

किरात राई यायोक्खा बेलायतले संकल्प गरेको भाषिक संघात्मक संगठनात्मक संरचनाको भावना र मर्म अनुरुप गरिएको निर्वाचनमा बेलायतमा रहेका सबै भाषिक, थरगत संस्था वा समुदायबाट र किरात राई यायोक्खा बेलायतको सम्पूर्ण स्थानीय प्रारम्भिक कार्यसमितिहरुबाट महाधिवेशन प्रतिनिधि (संघीय परिषद सदस्य) माग गरिएको थियो ।

निर्बाचन मण्डलले चन्द्रबहादुर राईलाई किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितिको अध्यक्षमा निर्विरोध निर्वाचित भएकाे घोषणा गरेका थिए ।

निर्वाचन समितिद्धारा घोषित अन्य निर्विरोध निर्वाचित पदाधिकारीहरुमा उपाध्यक्षहरु क्रमश; क्याप्टेन सुमन चन्द्रराई, जितेन्द्र साम्पाङ राई, मेजर दिल कुमार राई, निलम राई र अनिता राई छन् ।

यसैगरी महासचिव पदमा चन्द्रवती राई, उपमहासचिवहरुमा प्रमिला लाबुब राई र विनोद राई निर्वाचित भएका छन् भने सचिवहरुमा रोजी राई, गंगाराज राई, गणेश चन्द्र राई, जय राई र सुमित्रा राई निर्वाचित भएका छन् ।

यसैगरी कोषाध्यक्षमा धनराज राई, सहकोषाध्यक्षहरुमा सावित्रा राई र डा. महा राई निर्वाचित भएका छन् ।

निर्वाचित केन्द्रीय सदस्यहरुमा क्रमशः राजेन्द्र राई, ध्यानबहादुर राई, भिम राई, खिलेन्द्र राई, धन राई, मिलनचन्द्र राई, रन्जना राई, डिल्लिकेशर राई, सप्तराज राई, डिल्लीराम राई, मनबहादुर राई, सन्देश राई, तिलक राई, प्रेम राई, जय प्रकाश राई (ए), जयप्रकाश राई (बि), प्रदिप राई र दिलिप राई छन् ।

नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचन प्रमुख पदम राईले अनुशासन तथा गोपनियताको लेसपथ ग्रहण गराएका थिए ।

किरात राई यायोक्खा बेलायतको नव निर्वाचित कार्यसमितिमा बहुभाषिक किरात राई जातिको बाह्र भाषिक÷थरगत संस्था अथवा समुदाय (चाम्लिङ, साम्पाङ, बान्तावा, कुलुङ, थुलुङ, दुमी, पुमा, नाछिरिङ, बाहिङ/बायुङ, कोयु/कोयी, मेवाहाङ र लुङ्खिम) को आवद्धता रहेको छ ।

नवनिर्वाचित कूल ३५ पदाधिकारीहरु मध्ये ८ जना महिला छन् ।

आउदा दिनमा बेलायतमा रहेका सबै किरात राई भाषिक/थरगत समुदायलाई संस्थागत रुपमै आवद्ध गर्दै लगिने, किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितिलाई दुई तह संरचना सचिवालय र भाषिक संघीय परिषदमा अभ्यास गर्दै तथा कार्यान्वयन गर्दै लगिने किरात राई यायोक्खा बेलायतले जनाएको छ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

  1. यसरी भूmटो समाचार नलेखौं है राई सरराईनी म्याडमहरु ? ििकनभने कुलुड.+बाहिड.हरु राई जातिMA आवद्य रहनु भएको छैन । अरु राई भNनेहरु कहिलेसम्म ”राईको संख्या र भीड !”देखाएर खाने ‘राई!’का बिचौलियाहरुको ”दुहुनो गाइृ, भैँसी अथवा घ्युबुढो-घ्युढुंग्रो बन्ने रहेछन्, हेरौं ?!….

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्