चिनियाँ मौसम अधिकारीहरुले सफलतापूर्वक चीनको मौसम नियन्त्रण गरेको खुलेको छ ।
देशको मुख्य राजनीतिक समारोहका लागि मौसम अनुकूल बनाउन मौसमविद्हरु सफल भएको एक अध्ययनले खुलाएको हो ।
यस वर्षको सुरुवात अर्थात जुलाई १ मा चिनियाँ कम्युनिष्ट पार्टीले मुख्य राजनीतिक समारोह आयोजना गरेको थियो । तियनामेन स्क्वायरमा आयोजित सो समारोहमा १० हजारभन्दा बढी मानिसहरु सहभागी बनेका थिए ।
मौसम खराबीका कारण सो समारोह बिग्रन नदिन र समारोहको दिन आकाश सफा बनाउन त्यहाँको मौसम नियन्त्रणमा राखिएको बेइजिङ युनिभर्सिटीको एक अध्ययनले खुलासा गरेको छ ।
सिंघाउ युनिभर्सिटीको अध्ययनअनुसारसमारोह सुरु हुनुभन्दा एकघण्टा अघि नै मौसमविद्हरुले सो क्षेत्रको बादल अन्यत्र पठाएका थिए भने मौसम खराब हुनबाट रोक्न सफल बनेका थिए ।
चीन सरकारले क्लाउड सिडिङ टेक्नोलोजिबाट मौसम नियन्त्रण गर्ने गरेको बताइएको छ। चीनले सन् २००८ को ओलम्पिक्समा सो टेक्नोलोजी प्रयोग गरेको थियो ।
जसमा कम्तीमा खर्बौ डलर खर्च गरेको बताइएको छ । एजेन्सी