‘आत्महत्या मेसिन’लाई कानुनी मान्यता, गतवर्ष १३०० ले लिए सेवा

स्विजरल्याण्ड सरकारले ‘आत्महत्या मेसिन’लाई कानुनी मान्यता दिएको छ ।

इच्छामृत्यु भएका व्यक्तिलाई पीडारहित तरिकाले एक मिनेटमै मार्ने मेसिनलाई सरकारले हालै कानुनी मान्यता दिएको हो ।

कोफिन आकारको साक्रो नामक सो मेसिनलाई निर्माताहरुले आत्महत्या अर्थात् सुसाइड मेसिन नाम दिएका छन् ।

इच्छामृत्यु भएका व्यक्तिहरुलाई सो मसिनमा राखेर मार्न सरकारले अनुमति दिएको निर्माताहरुले जानकारी दिएका छन् ।

हाइपोक्सिया र हाइपोकाप्नियाबाट पीडित इच्छामृत्यु भएका व्यक्तिलाई एक मिनेटमै शान्तिपूर्वक एवं पीडारहित तरिकाले मर्न सो मेसिनले सघाउने निर्माताहरुले बताएका छन् ।

मेसिनभित्र बस्नेवित्तिकै शरीरमा अक्सिजनको मात्रा कम गराइ आँखा चिम्लेको एक मिनेटमै मृत्यु हुने निर्माताहरुको दाबी छ ।

गत वर्षमात्र सो मेसिनमार्फत करिब १३ सय मानिसले इच्छामृत्युको सेवा लिएको अन्तर्राष्ट्रिय मिडियाले लेखेका छन् । एजेन्सी

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्