किराती चाड ‘उधौली’मा राष्ट्रिय विदा दिन माग

किरात समन्वय समितिले यही पुस ४ गते किरातीहरुको चाड उधौली परेकोले सो दिन राष्ट्रियस्तरको सार्वजनिक बिदा दिन माग गरेको छ ।

शुक्रबार समितिका प्रतिनिधिहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर उधौलीमा राष्ट्रिय बिदा दिन माग गरेका हुन् ।

उधौली–उभौलीमा सरकारले राष्ट्रिय बिदा दिने गरेकोमा २०७५ सालदेखि हटाइएको थियो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २०७५ सालमा प्रधानमन्त्री हुनासाथ उनले उधौली–उभौलीलगायत आदिवासी जनजातिहरुका चाडमा दिइने बिदा कटौती गरेका थिए ।

समितिमा आवद्ध किरात राई यायोक्खाका महासचिव जनक राई, किरात याक्थुङ चुम्लुङका अध्यक्ष योगराज लिम्बू, किरात याक्खा छुम्माका अध्यक्ष लिलबहादुर राेगू र सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवारले हस्ताक्षर गरेकाे ध्यानाकर्षण-पत्र प्रधानमन्त्री देउवालाई बुझाइएको थियो ।

ध्यानाकर्षण–पत्रमा प्रधानमन्त्री देउवामार्फत आम नेपालीहरुलाई उधौलीको शुभकामना समेत दिइएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्