काठमाडाैं उपत्यकाकाे तापक्रम फेरि ३ डिग्रीमा झर्याे

काठमाडौं उपत्यकाको तापक्रम फेरि तीन डिग्रीसेल्सियसमा झरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार ३.४ डिग्री मापन भएको न्यूनतम तापक्रम शनिबार बिहान तीन डिग्रीमा झरेको हो ।

यो वर्ष सबैभन्दा कम तापक्रम बिहीबार ३ डिग्री मापन भएको थियो । शुक्रबार अधिकतम तापक्रम १९ डिग्री थियो, आजको अधिकत तापक्रम दिउँसो मात्र थाहा हुन्छ ।

मौसमविदहरुका अनुसार न्यूनतम र अधितम दुवै तापक्रम घट्न थालेपछि रातिसँगै दिउँसो पनि चिसो बढ्न थालेको छ ।

नेपालमा सबैभन्दा बढी चिसो जुम्लामा रहेको छ ।

त्यहाँ बिहान न्यूनतम तापक्रम माइनस ६ डिग्री पुगेको छ । शुक्रबार जुम्लाको तापक्रम माइनस ५.८ डिग्री थियो । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातका कारण पनि तापक्रम घटिरहेको मौसमविद्ले बताएका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्