आजदेखि किरात समुदायको उधौली

किरात समुदायको प्रमुख सांस्कृतिक चाड उधौली आजदेखि सुरु भएको छ ।

किरातीहरुले हरेक मंसिरे पूर्णिमामा उधौली र वैशाखे पूर्णिमामा उभौली मनाउँछन् । उधौली–उभौली किरातीहरुको पितृ र प्रकृतिपुजामा आधारित सांस्कृतिक चाड हो ।

उधौलीमा अन्नबाली पाकेपछि नयाँ अन्नको परिकार बनाएर पहिला पितृ र प्रकृतिलाई चढाएर खुसी मनाउँदै आफूले खान थाल्ने चलन किरातीहरुमा छ ।

उभौलीमा अन्नबाली सप्रियोस् दुख्बिमार नलागोस् भन्ने कामनासहित पितृको पुजा गरिन्छ ।

राई, लिम्बू, याक्खा, सुनुवार, थामीलगायत समुदायले उधौली–उभौली मनाउने गर्छन् । उनीहरुले यसलाई आ–आफ्नाे तरिकाले मनाउने गरेका छन् ।

राईहरुले उधौली साकेला भन्छन् भने लिम्बूहरुले चासोक तङनाम भन्छन् ।

उधौली–उभौलीमा राईहरुले पितृको पुजा गरी प्रकृतिको विभिन्न जीवजनावरहरुको हाउभाउ देखाउँदै साकेला सिली नाच्ने गर्छन् । साकेला सिलीमा खेती गरिएको हाउभाउ पनि देखाइन्छ ।

यस चाडमा किरातीहरुले जाडरक्सी, नयाँ अन्न र मासुका परिकार खाँदै शुभकामना आदानप्रदान गर्ने गरेका छन् ।

उधौलीको अवसरमा सरकारले आज किरातीहरुका लागि सार्वजनिक बिदा दिएको छ ।

तर किरात समन्वय समितिले भने उधौली–उभौलीमा राष्ट्रियस्तरको सार्वजनिक बिदा दिन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन–पत्र बुझाएको थियो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्