उधौली र योमरी पुन्हीजस्ता चाडहरुले सामाजिक सद्भाव र एकता प्राप्त हाेस्

धरानका मेयर हर्क साम्पाङले किरात समुदायको उधौली चाड र नेवार समुदायको योमरी पुन्हीको अवसरमा शुभकामना दिँदै बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक नेपाली समाजमा यस खालका चाडहरुले आपसी भाइचारा, सामाजिक सद्भाव र एकता बढाउने विश्वास व्यक्त गरेका छन् ।

मेयर साम्पाङले आज शुभकामना सन्देश जारी गर्दै भनेका छन्, ‘नेपालीहरुको प्रमुख चाडमध्ये किरात समुदायको उधौली पर्व अन्तर्गत राई जातिको साकेला–साकेन्वा, लिम्बु जातिको चासोक तङनाम, सुनुवार जातिको फोलस्यादर, याक्खा जातिको चासुवा साथै नेवार समुदायले मनाउने योमरी पुन्हीको पावन अवसरमा धरान नगरवासी तथा देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली जादुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

पितृ र प्रकृतिको पुजा गरी किरात समुदायले मनाउने उधौली पर्व र नेवार समुदायले मनाउने योमरी पुन्ही जस्ता चाडबाडमा इष्टमित्र आफन्तबिच भेटघाटको अवसर प्राप्त हुनाले त्यसबाट पारिवारिक तथा सामाजिक सम्बन्ध कायम राख्न महत्वपूर्ण योगादन हुने उनले बताएका छन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

1 COMMENT

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img