तामाङ पत्रकार संघकाे अध्यक्षमा सुवास याेञ्जन तामाङ

तामाङ पत्रकार संघको अध्यक्षमा सुवास याेञ्जन तामाङ निर्वाचित भएका छन् ।

शनिबार काठमाडाैंमा भएकाे संघकाे छैटौं महाधिवेशनले सुवास याेञ्जन तामाङकाे नेतृत्वमा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हाे ।

महाधिवेशनले अध्यक्ष लगायत सबै पदाधिकारी र सदस्यहरु सर्वसम्मत चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा बुद्ध योञ्जन तामाङ, उपाध्यक्षहरुमा विश्वराज लामा, नेत्र तामाङ र अञ्जु दिम्दोङ चयन भएका छन् ।

यस्तै‚ महासचिवमा तीर्थमान बल, सचिवमा शिशिर दोङ, उर्गेन लो तामाङ, सरस्वती तामाङ र कोषाध्यक्षमा डोल्मा छिरिङ तामाङ चयन भएका छन् ।

सदस्यहरुमा इकमान लामा, युनिकरक्षे ग्लान, रमिला तामाङ, मिक्साङ वाइबा, राजेश रुम्बा लामा, किशोरकुमार ब्लोन, सोङबहादुर लो राजु, मिलनकुमार लामा, हिरामान बल, गमला लामा, जीबी लामा, शान्ति तामाङ, अनुप योञ्जन, मानवी मोक्तान, रामचन्द्र बम्जन तामाङ, कृतिका ग्लान, मिङ्मा लामा लगायत छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्