दक्षिण अमेरिकी देश चिलीकाे राष्ट्रपतिमा ३५ वर्षका वामपन्थी नेता गाब्रिएल बोरिक विजयी भएका छन् ।

उनले दक्षिणपन्थी नेता होसे एन्तोनिओ कास्तलाई पराजित गरेका हुन् ।

कास्तले मतदान केन्द्र बन्द भएको झण्डै डेढ घण्टाभित्रै आफ्नो हार स्वीकार गरेका हुन् । उनले हार स्वीकार गर्दा मात्रै आधा मतगणना भएको थियो ।

अधिकांश मतगणना भइसक्दा युवा नेता बोरिकले ५६ प्रतिशत मत पाएर जीत हासिल गरेका छन् । कास्तले ४४ प्रतिशत मत पाएका छन् ।

सरकारविरोधी प्रदर्शनको पृष्ठभूमिमा आइतबार भएको चिलेको राष्ट्रपतीय चुनाव पछिल्लो केही दशक यताकै सबैभन्दा विभाजित परिवेशमा भएको चुनाव हो ।

Please enter your comment!
Please enter your name here