गैँडाको खागसहित ६ जना पक्राउ

प्रहरीले संरक्षित बन्यजन्तु गैँडाको खागसहित ६ जनालाई पक्राउ गरेकाे छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको बिषेश प्रहरी टोलीले काठमाडाैंकाे बौद्धबाट गत पुस २ गते ६ जनालाई पक्राउ गरी साेमबार अनुसन्धानको लागि जिल्ला डिभिजन वन कार्यालय हात्तीसार काठमाडाैंमा पठाएकाे छ ।

पक्राउ पर्नेहरुमा काभ्रेकाे बेदान गाउँपालिका ४ घर भएका ४१ वर्षीय बिरमान तमाङ, काभ्रेकाे पाँचखाल नगरपालिका ६ घर भएका ४२ वर्षीय बेदबहादुर दनुवार, सिन्धुली घर भएका ४१ वर्षीय भिम बहुर थिङ, काभ्रे पाँचखाल घर भएका २० वर्षीय नवराज गिरी, काभ्रे खानिखोला गाउँपालिका ५ घर भएका ३२ वर्षीय भिम तमाङ र काभ्रे पाँचखाल नगरपालिका ३ घर भएका ३१ वर्षीय सोहन कार्की छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्