नेपालमा थप एक जनामा ओमिक्रोन पृष्टि

नेपालमा थप एक जनामा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पृष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले ५८ वर्षीय पुरुषमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिए ।

उनले संक्रमित व्यक्ति ओमिक्रोन फैलिएको देशबाट आएको भए पनि कुन देशबाट आएकाे भन्ने खुलाउन चाहेनन् ।

सहप्रवक्ता अधिकारीका अनुसार संक्रमित व्यक्ति अहिले होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहनुका साथै मन्त्रालयको निगरानीमा रहेकाे छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्