मानिसको आँखा कति मोगापिक्सेलको हुन्छ ? यस्ता छन् आँखाबारे रोचक तथ्यहरु

आँखा हाम्रो शरीरको महत्वपूर्ण अंग हो । आँखाबारे विभिन्न रोचक तथ्य छन् । जुन यस प्रकार छन् ।

– मानिसको ६५ प्रतिशत दिमाग आँखालाई सम्हाल्न प्रयोग हुन्छ ।

– हाम्रो आँखाले केवल ३ वटा रंग मात्रै देख्न सक्छ । यिनै रंगहरु मिलाएर मानिसले करोडौं रंग देख्छ ।

– मानिसको आँखा र डिजिटल क्यामेराको तुलना गर्ने हो भने मानिसको आँखा करिब ५७६ मेगापिक्सेल भन्दा बढीको हुन्छ । त्यही कारणले आँखाले कुनै कुरालाई झण्डै २ मिलिसेन्डमै फोकस गर्न सक्छ ।

– आँखामा भएको शक्तिशाली केमिकलले धुलो, धुवाँ आदि छान्न सक्छ । यदि आँखाको पर्दामा कुनै चोट लागेमा २४ घन्टाभित्रै ठीक हुन्छ ।

– संसारमा मानिस र कुकुरले कसैको आँखा हेरेर उसको बिचार बुझ्न सक्छन् ।

– आँखाको नानी जन्मँदा जत्रो हुन्छ जीवनभर त्यत्रै रहन्छ ।

– मानिसले १ दिनमा लगभग ११ हजार पटक आँखा झिम्क्याउँछन् ।

– मानिसको आँखाले कुनै अचम्मको कुरा देख्यो भने उसको आँखा ४५ प्रतिशत ठूलो हुन्छ ।

– आँखाको औसत वजन ८ ग्राम हुन्छ ।

– हामीले सबैभन्दा धेरै कुरा आँखाको माध्यमबाटै सिक्छौं ।

– प्रकृतिमा यस्ता पनि रंग छन्, जुन मानव आँखाले देख्न सक्दैनन् ।

– नीलो आँखा हुने व्यक्तिले अन्यको दाँजोमा ज्यादा सफा देख्छन् । उनीहरू राति पनि अन्यले भन्दा राम्रो देख्न सक्छन् ।

– संसारमा ५ प्रतिशत मानिसको आँखा नीलो हुन्छ ।

– मानिसको आँखा बाजको आँखाभन्दा ५ गुणा ज्यादा कमजोर हुन्छ ।

– मानव आँखामा कोर्नियाँ नामक एउटा टिस्यु हुन्छ, जसमा रगतको सट्टा अक्सिजन बग्छ ।

– खासमा हामी आँखाले देख्दैनौं । यसले त बाहिरको कुरा मस्तिष्कमा पु¥याउने काम मात्रै गर्छ । मस्तिष्कले बताएपछि मात्रै देखिएको कुरा के हो भन्ने हामी थाहा पाउँछौं ।

– मौसम सफा भएको बेलामा हामी लगभग ५० किलोमिटर टाढाको बत्ती देख्न सक्छौं ।

– एक सेकेन्डमा पाँच पटक आँखा झिम्क्याउन सकिन्छ ।

– शरीरका अन्य भागको भन्दा तेज मंसपेशी आँखामा हुन्छन् ।

– एक साधारण व्यक्तिको आँखा हरेक सेकेन्डमा ५० अलग–अलग वस्तुमा ध्यान केन्द्रित गर्न सक्छ ।

– डल्फिन माछा एउटा आँखा खुला राखेर सुत्छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्