मष्टमाण्डु संस्कृति विकास कोष स्थापना गर्न माग

खस क्षेत्री एकता समाज र विश्व मष्ट धर्म महासंघले ‘मष्टमाण्डु संस्कृति विकास कोष’को स्थापना गरी खस जातिको धर्म, संस्कृति र स्वतन्त्र पहिचान जोगाउन सरकारसँग माग गरेका छन् ।

समाजका अध्यक्ष लक्ष्मण बस्नेत र महासंघका अध्यक्ष युवराज कार्कीसहितकाे टोलीले मंगलबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलाई भेटेर ध्यानाकर्षण-पत्र बुझाउँदै उक्त माग गरेका हुन् ।

राज्यले नेपालका इस्लाम धर्मावलम्बीहरुलाई सुविधासहित हरेक वर्ष हज गर्न विदेश पठाउने, नेवार समुदायको चाड-पर्वहरुलाई प्रोत्साहन र प्रवद्र्धन गर्ने र कतिपय जातिहरुको चाड-पर्वमा सार्वजनिक विदा दिइरहेको भन्दै खस जातिलाई पनि समान ढंगले हेर्न ध्यानाकर्षण–पत्रमार्फत अनुरोध गरिएको छ ।

जसमा जेष्ठ पूर्णिमाको दिन मष्ट पूर्णिमा खस जातिको नाममा सार्वजनिक विदा दिन माग गरिएको छ ।

जनता समाजवादी पार्टीका नेतासमेत रहेका मन्त्री श्रेष्ठलाई संविधान संशोधन गरी खस र आर्यलाई अलग अलग राख्ने व्यवस्था गर्नका लागि पहल गर्न पनि अनुराेध गरिएकाे छ ।

खस जाति आर्य नभएको उनीहरुको जिकिर छ । तर, संविधानले खस र आर्यलाई एकैठाउँमा राखेकोले खस जातिको अलग पहिचान स्थापित गर्नुपर्ने उनीहरुले बताउँदै आएका छन् ।

खस जातिको स्वतन्त्र पहिचान मेटाउने प्रयास गरी खसहरुलाई आर्यकरण गर्न खोजिएको ध्यानाकर्षण–पत्रमा उल्लेख छ ।

समाज र महासंघका प्रतिनिधिहरुले मंगलबार नै मष्ट धर्म, खस जाति र खस भाषालाई अलग अलग कोड नं दिनुपर्ने माग गर्दै केन्द्रीय तत्थ्यांक विभागलाई पनि ज्ञापन–पत्र बुझाएका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्