अफगानिस्तानकाे पूर्वराष्ट्रपति अस्रफ घानी यस वर्षकाे सबैभन्दा भ्रष्ट व्यक्ति

अफगानिस्तानका पूर्वराष्ट्रपति अस्रफ घानी यस वर्ष अर्थात् सन् २०२१ का सबैभन्दा भ्रष्ट व्यक्तिको सूचिमा परेका छन् ।

अर्गनाइजेसन क्राइम एण्ड करप्सन प्रोजेक्ट (ओसीसीआरपी)ले तयार पारेकाे रिपाेर्ट अनुसार घानी सन् २०२१ का सबैभन्दा भ्रष्ट व्यक्ति हुन् ।

ओसीसीआरपी विश्वव्यापी मिडिया आउटलेट्सका लागि काम गर्ने एक गैरनाफामुखी खोजमुलक समाचार रिपोर्टिङ प्लेटफर्म हो ।

समस्या र मृत्युको मुखमा पुगेका आफ्ना नागरिकको साथ छोडेको र भ्रष्ट एवम् अयोग्य भएका कारण घनी सो सूचिमा परेको ओसीसीआरपीले जनाएकाे छ ।

ओसीसीआरपीको रिपोर्ट अनुसार सो सूचिमा बेलारुसका राष्ट्रपति अलेक्जान्द लुकाशेको भ्रष्ट व्यक्तिको शीर्ष स्थानमा परेका हुन् ।

लुकाशेको बाहेक सिरियाली राष्ट्रपति बसर अल असद, टर्कीका राष्ट्रपति रेसिप तैयप एर्दोगान र पूर्वअष्ट्रियाली चान्स्लर सेबेस्टियन कुर्जसमेत सो सूचिमा परेका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्