आज तमू ल्होसार, देशभर सार्वजनिक बिदा

गुरुङ (तमू) हरुले आज पुस १५ गते भब्यरुपमा तमू ल्होसार मनाउँदैछन् । तमू ल्होसार गुरुङहरुको प्रमुख सांस्कृतिक चाड हो ।

गुरुङ समुदायको धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार आजदेखि गाई वर्ग (वर्ष) बिदाइ भएर बाघ वर्ग (वर्ष) लाग्छ ।
वर्ग परिवर्तन भएको अवस्थालाई नयाँ वर्षको रुपमा तमू ल्होसार मनाउने गरिएको हो ।

गुरुङ परम्परामा गाई, बाघ, बिरालो, गिद्ध, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, मृग र मुसा गरी १२ वटा जीवजनावरको नाममा वर्ग वा वर्ष हुन्छ । हरेक वर्ष वर्ग फेरिन्छ ।

तमू ल्होसारको अवसरमा हरेक वर्ष काठमाडौं उपत्यकाको टुँडिखेलमा तमू गुरुङ राष्ट्रिय परिषद् तमू धि छोज धिले विशेष सांस्कृतिक समारोह आयोजना गर्दै आएको छ ।

यस वर्षको सांस्कृतिक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथि रहेका छन् ।

हिजोआज गुरुङ बसोबास रहेको विभिन्न स्थानमा गुरुङ जातीय संस्थाहरुले ल्होसार विशेष कार्यक्रम आयोजना गर्ने गरेको छ ।

आज सार्वजनिक विदा

तमू ल्होसारको अवसरमा आज सरकारले सार्वजनिक विदा दिएको छ ।

गृह मन्त्रालयका उपसचिव शोभाखर रेग्मीले हिजोको मन्त्रिपरिषद्को निर्णय अनुसार आज पुस १५ गते देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुलाई सार्वजनिक बिदा दिइएको सूचना जारी गरेका छन् ।

यसअघि भने तमू ल्होसारमा सार्वजनिक बिदा दिइएको थिएन । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि उनले नै आदिवासी जनजातिजन्य चाडपर्वमा दिइँदै आएको सार्वजनिक बिदा कटौती गरेका थिए ।

उक्त बिदा कायम गर्नुपर्ने आदिवासीजन्य संस्थाका प्रतिनिधिहरुले माग गर्दै आएका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्