भेरी अस्पतालको क्वाटरमा बस्दै आएका एकै परिवारका चार जना सुतेकै अवस्थामा विहिबार विहान मृत भेटिएका छन् भने तीन जना बेहोस अवस्थामा फेला परेका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीका अनुसार उनीहरुले आगो बालेर झ्याल ढोका बन्द गरि सुतेको देखिएकोले निसासिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
उनले भेरी अस्पताल परिसरभित्र रहेको कर्णाली प्रदेशको क्षेत्रीय मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी खाँडाचक्र नगरपालिका ६ कालीकोटका २३ बर्षीय धनप्रसाद भट्टराई, उनकाे ३ महिनाको छोरा इप्सन भट्टराई, सासु अन्दाजी ५५ बर्षीया कोपिला भट्टराई र धनप्रसादकी बहिनी अन्दाजी २२ बर्षीया कोली भट्टराईको मृत्यु भएको पाइएको बताए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीसँगै घटनास्थलमा रहेका प्रजिअ खत्रीले घट्नाका बारेमा अनुसन्धान भैरहेको जनाउँदै मृत्युको कारण पोष्टमार्टमको रिपोर्टपछि मात्रै आउने बताए । गाेरखापत्र अनलाइन