नाच्न नजान्नेहरुलाई सिकाउन थालियो साकेला सिली

किरात राई जातिको प्रमुख सांस्कृतिक नृत्य हो साकेला सिली । राई समुदायमा उधौली, उभौली र बिहेकार्जेमा साकेला नाच्ने चलन छ ।

साकेला नाच्न नजान्नेहरुका लागि भने काठमाडौंको कोटेश्वरस्थित किरात राई यायोक्खा केन्द्रीय कार्यालय परिसरमा सिकाउन सुरु गरिएको छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना र यायोक्खाको व्यवस्थापनमा शुक्रबारदेखि साकेला सिली प्रशिक्षण सुरु गरिएको यायोक्खाका केन्द्रीय सदस्य राजु एन राईले बताए ।

प्रशिक्षण बिहान ७ देखि १० बजेसम्म १४ दिनसम्म चल्नेछ ।

सो क्रममा राईहरुको सांस्कृतिक बाजा ढोल र झ्याम्टा बजाउने तरिका पनि सिकाइने छ । साकेला सिली ढोल र झ्याम्टाकै तालमा नाच्ने गरिन्छ ।

किरात राई सांस्कृतिक कलाकार संघका निवर्तमान अध्यक्ष समेत रहेका राजु एन राईका अनुसार प्रतिष्ठानले लोकबाजा वादन प्रशिक्षण चलाउने भएकोले यायोक्खासँगको समन्वयमा ढोल र झ्याम्टा बजाउन सिकाउने र सो क्रममा साकेला सिली पनि सिकाइएको हो ।

साकेला सिली सिक्नेहरुमा राईहरुका साथै सुनुवार र नेवारहरु पनि भएको केन्द्रीय सदस्य राईले बताए । पहिलाे दिन १०, १२ जना मात्र भए पनि शनिबारदेखि २०, २५ जना सहभागी हुने उनले बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्