संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालयभित्र बनाउन लागेकाे रेस्टुरेन्ट राेकेका छन् ।
संग्रहालयभित्रै रेस्टुरेन्ट बनाउन लागेकाे भन्दै विराेध भएपछि आलेकाे निर्देशनमा उक्त कार्य राेक लगाइएकाे हाे ।
मन्त्रालय अन्तर्गतको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यबस्थापन तथा सञ्चालम विकास समितिले नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट निर्माण कार्य रोक्न निर्देशन दिएको छ ।
समितिले २० पुसमा बि. म्यानेजमेन्ट प्रा.लिलाई पत्र लेखेर निर्माण कार्य रोक्न निर्देशन दिएको हो ।
जसमा भनिएकाे छ, ‘यस नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा सञ्चालन बिकास समिति र त्यस प्रा.लि. बिच सम्झौता भई अगाडी बढेको निर्माण कार्यका सम्बन्धमा सञ्चार माध्यमहरुमा आएका समाचारका कारण विवाद सृजना हुन गएकोले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मौखिक आदेश बमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य तत्काल रोक्न हुन जानकारी गराइन्छ ।’