कांग्रेस सभापतिलाई धम्क्याएको आरोपमा एसपी पाण्डे निलम्बित

नेपाली कांग्रेसकाे सिरहा जिल्ला सभापति रामचन्द्र यादवलाई ज्यान मार्ने धम्की दिएको आरोपमा नेपाल प्रहरीका एसपी हिराबहादुर पाण्डेलाई निलम्बन गरिएकाे छ ।

पाण्डेलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेकाे हाे । उनले सिराहा जिल्लाकाे प्रहरी प्रमुख रहेकाे बेला नेता यादवलाई ज्यान मार्ने धम्की दिएकाे आरोप छ ।

पाण्डेले सिराहा प्रहरी प्रमुख रहेको बेला मध्यरातमा आफ्नो घरमा आएर ज्यान मार्ने धम्की दिएकाे नेता यादवकाे दाबी छ । यस घटनाबारे थप अनुसन्धान गर्न छानबिन समिति बनाइनेछ ।

पाण्डेमाथि आरोप लागेपछि उनलाई जिम्मेवारीबाट हटाउँदै प्रहरी प्रधान कार्यालय नक्सालमा काज सरुवा गरिएकाे थियाे ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्