भारतमा मुस्लिम महिलालाई बिक्री गर्ने माेबाइल एप बन्द

भारत सरकारले मुस्लिम महिलालाई बिक्रीमा राख्ने भारतीय एप बन्द गराएको छ ।

मुस्लिम महिलालाई अपमानित गरेको र बिक्रीमा राख्ने गरेको आरोपमा भारतले ‘बुल्ली बाई’ नामक एप बन्द गरेकाे हो ।

दुईवटा भारतीय राज्यमा करिब १०० भन्दा बढी मुस्लिम महिलाको तस्बिर उक्त एपमा अपलोड गरी बिक्रीमा राखिएको भन्दै प्रहरीसामु उजुरी परेको थियाे ।

उजुरीकाे आधारमा अनुसन्धान अघि बढेको थियो । अनुसन्धानको आधारमा केन्द्र सरकार अन्तर्गत सूचना तथा प्रविधि मन्त्रालयले सो एप बन्द गराएको बिबिसीले उल्लेख छ ।

बुल्ली बाई एक मोबाइल एप्लिकेसन हो । जुन बुल्ली बाई गिथव एपिआइमार्फत् मुस्लिम महिलाको अपमान र बार्गेनिङ हुने गरेको रिपोर्टमा उल्लेख छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्