कुलुङ चाड चाक्चाकूर र एकीकृत पाँचौ सम्मेलन सम्पन्न

गत पुस १५, १६ र १७ गते कुलुङ जातिको नयाँ वर्ष यले दोङ ५०८२ र कुलुङ जातिको महान चाड ‘मिनारी–दाचाम् (चाक्चाकूर)’ प्रदेश नं १ को धरानमा मनाइएको छ ।

सो अवसरमा कुलुङ जातिको संस्था ‘नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (कूलू गूसखोम)को पाँचौ एकीकृत राष्ट्रिय सम्मेलन पनि सम्पन्न गरिएकाे थियाे ।

कूलू गूसखोमको पाँचौ सम्मेलनको उद्घाटन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले गरेका थिए ।

मन्त्री श्रेष्ठले कुलुङ जातिको परम्पराअनुसार काँसको भाँडोमा बिच्छु (अदुवा) र काउ (पानी) मिसाइएको पानीमा कटुसको स्याउला डुबाएर तीनचोटि छर्कदै उद्घाटन गरेका थिए ।

त्यसअघि मन्त्री श्रेष्ठको टोलीलाई कुलुङ जातिको परम्परा अनुसार हाङ्मूवा (रक्सी) र नूर्मा (जाँडको निगार) प्रसाद स्वरुप खुवाइएको थियो ।

सम्मेलनले पुनः चन्द्रसिंह लोवात्तीको अध्यक्षतामा १३ पदाधिकारीसहित ३९ सदस्यीय नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ ।

जसमा यामकला कुलुङ, दौलत पीदीसै, सूर्य मान्थेर्बू, लाकपद सोम्फोरु र नीनाम लोवात्ती उपाध्यक्षमा निर्वाचित भएका छन् ।

त्यस्तै इन्द्र होनीत्ती महासचिवमा र दूर्गादास तोमोछा, प्रदीप होङेलू बीर्खराज थोरेप्पा र अजय रोतेम्बू सचिवमा निर्वाचित भएका छन् भने कोषाध्यक्षमा सम्झना बान्तावा कुलुङ र सहकोषाध्यक्षमा डिल्ली तोमोछा चयन भएका छन् ।

सो अवसरमा कूलू गूसखोमको भगिनी संगठन ‘किरात कुलुङ महिला संघ (कूलू मीम्छा गूसखोम)’ को चौथो राष्ट्रिय सम्मेलन पनि भएको थियो ।

सम्मेलनले कञ्चन बान्तावा कुलुङलाई अध्यक्षमा निर्वाचित गरेको छ । तुम्नो कुलुङबाट

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्