चीनको कुल जनसंख्या १ अर्ब ४१ करोड २६ लाख पुग्याे

चीनको राज्य परिषद्को प्रेस कार्यालयले जनवरी १७ तारिख बिहान पत्रकार सम्मेलनको आयोजना गर्दै सन् २०२१ मा राष्ट्रिय जनजीवनको अवस्थाबारे जानकारी दिएको छ ।

सन् २०२१ को अन्त्यसम्ममा देशभरिको कुल जनसंख्या १ अर्ब ४१ करोड २६ लाख पुगेको छ र गत वर्षभन्दा ४ लाख ८० हजारले वृद्धि भएको छ ।

वर्षभरि जन्मिएको कुल जनसंख्या १ करोड ६ लाख २० हजार रहेको छ भने मृत्यु हुनेको संख्या १ करोड १ लाख ४० हजार रहेको छ ।

लैङ्गिक अनुपातबाट हेर्दा पुरूषको संख्या ७२ करोड ३१ लाख १० हजार रहेको छ भने महिलाको संख्या ६८ करोड ९४ लाख ९० हजार रहेको छ ।

उमेरको अनुपातबाट हेर्दा १६ देखि ५९ उमेरसम्मका श्रमिक जनसंख्या ८८ करोड २२ लाख २० हजार रहेकाले देशको कुल जनसंख्यामा ६२.५ प्रतिशतको अनुपात ओगटेको छ ।

यसबाहेक, ६० उमेरभन्दा बढीको जनसंख्या २६ करोड ७३ लाख ६० हजार रहेकाले देशको कुल जनसंख्यामध्ये १८.९ प्रतिशत ओगटेको छ । सिआरआई नेपाली सर्भिस

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्