Monday, November 28, 2022
10.6 C
Diktel

छिमेकीकाे हत्या गरेर भागेकाे व्यक्ति २७ वर्षपछि पक्राउ

Subtitle

मानव हत्यामा संलग्न रही फरार रहेका राेल्पाका एक व्यक्ति २७ वर्षपछि पक्राउ परेका छन् ।

परिवर्तन गाउँपालिका–६ का गनबहादुर कामी २७ वर्षपछि पक्राउ परेका हुन् ।

उनी २०५१ भदौ २१ गते साविक तालावाङ गाविस–७ हाल माडी गाउँपालिका–३ खारावाङका चुनवहादुर घर्तीको हत्या गरी फरार रहेका थिए ।

गाउँको जग्गा साँध सिमानासम्बन्धी भएको विवादमा रिसइवी लिई कामीले घर्तीको हत्या गरेको प्रहरीले जनाएको छ ।

उनलाई जिल्ला अदालतको २०७० वैशाख ९ गतेको फैसलाले २० वर्ष कैद सुनाएको थियो ।

अदालतको फैसलापछि पनि उनी फरार रहेका थिए । फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्ण रानाले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्