गुणस्तरहीन मह बनाएर बेच्ने नेकपा एसका नेता पक्राउ

गुणस्तरहीन मह उत्पादन गरी बिक्री गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२७, ज्याठाबाट ३८ वर्षीय नरेश श्रेष्ठ भन्ने नरबहादुर श्रेष्ठ परेका छन् ।

उनी नेकपा समाजवादी निकट सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष समेत हुन् ।

काठमाडौं उपत्यकाको बिभिन्न स्थानमा गुणस्तरहीन महको उत्पादन एवं बिक्री भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले गत बिहीबार श्रेष्ठलाई पक्राउ गरेकाे हाे ।

प्रहरीले श्रेष्ठकाे साथबाट गुणस्तरतहीन तयारी मह ६०० किलो, मह बनाउन प्रयोग गरिने कच्चा तथा गुणस्तरहीन मह ६५०० किलो, ग्लुकोज ५०० किलो, चिनी १०० किलो, बरामद गरेको छ ।

श्रेष्ठले बिगत सात वर्ष अगाडिदेखि आफ्नै श्रीमतीको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी गुणस्तरहीन मह बनाई बिक्री गर्ने, नतिजा प्याकेजिङको नाममा कम्पनी दर्ता गरी स्पर्स हनी नामको लेबल टाँसी बिक्री बितरण गर्ने, गुणस्तरहिन मह काठमाडौं, भक्तपुर र पोखराका होटेल, रेष्टुरेण्टहरुमा थोक तथा खुद्रा बिक्री बितरण गर्ने गरेको प्रहरीले जनाएको छ ।

मह बनाउन प्रयोग हुने कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट खरिद गरी गुणस्तरहीन मह बनाई प्रति केजी ६ सय ५० रुपैयाँमा बिक्री गर्ने गरेको बुझिएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

  1. महको ब्रान्डको नाम (प्याकेजिड.MA लेखिने नाम) पनि लेख्नुपर्ने, त्यसो गरेको भए त्यस्ता ब्रान्डका मह नकिन्ने थिए कि, उपभोक्ताहरुले…

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्