सार्वजनिक सवारीमा जाेर-बिजाेर प्रणाली हट्याे

सरकारले काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सावरीमा लागू भएको जोर–बिजोर प्रणाली हटाएकाे छ ।

शुक्रबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निजी सवारी र ट्याक्सी बाहेकका सार्वजनिक सवारीमा लागू भएको जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

याे निर्णय शुक्रबार राति १२ बजेदेखि लागू हुनेछ ।

सवारी साधनहरुमा जाेर-बिजाेर प्रणाली लागू हुँदा उपत्यकामा चल्ने सवारी साधनहरुमा झन भीडभाड बढी भएकाे र त्यसले काेराेना संक्रमण बढ्ने देखिएपछि हाल यस्ताे निर्णय गरिएकाे हाे ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले सार्वजनिक सवारी साधनमा जोर-बिजोर प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको थियो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्