माघ मसान्तसम्म विद्यालय बन्द नै रहने

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ मसान्तसम्म विद्यालयमा भौतिक रुपमा हुने पठनपाठनमा लगाइएको रोक कायमै राख्न सिफारिस गरेको छ ।

शुक्रबार बसेको सीसीएमसीसी बैठकले माघ मसान्तसम्म वैकल्पिक शिक्षण सिकाइका शैलीबाट पठनपाठन जारी राख्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको हो ।

कोरोना संक्रमण तीव्र फैलिरहेकाले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न नदिने सिफारिस भएको प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।

खोप लगाउने अवस्थामा मात्र विद्यालय खोल्न पाउने तर पठनपाठन गर्ने गरी विद्यालय सञ्चालनमा लागाईको रोक कायम राख्न सिफारिस गरिएको उनकाे भनाइ छ ।

बैठकले विश्वविद्यालयका परीक्षालाई चाहिँ स्वास्थ्य मापदण्ड पालना गर्दै संचालन गर्न अनुमति दिन सिफारिस गरेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्