बाउकाे हत्या गरेकाे अभियाेगमा छाेरा पक्राउ

कञ्चनपुरस्थित लालझाडी गाउँपालिका-२ कञ्ज बस्ने ४२ वर्षीय कोठग्गु रानाको हत्या गरेको अभियोगमा उनकै छोरा २६ वर्षीय रामविलास रानालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

घरायसी झगडामा रामविलासले बन्चरो प्रहार गरी कोठग्गुको हत्या गरेको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय शंकरपुर र ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्