Tuesday, October 3, 2023

चीनको बेइजिङमा आजबाट २४औं विन्टर ओलम्पिक सुरु

शीतकालीन ओलम्पिक खेलकुद (विन्टर ओलम्पिक) को २४औं संस्करण आजबाट चीनको बेइजिङमा सुरु हुँदैछ ।

प्रतियोगिताका केही खेलहरु बुधबारबाट सुरु भइसके पनि औपचारिक उद्घाटन भने आज हुनेछ ।

विन्टर ओलम्पिकको यो संस्करणमा ९१ देशका झण्डै तीन हजार खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा हिउँमा खेलिने विभिन्न ७ खेलमा १ सय ९ स्वर्ण पदकको लागि भिडन्त हुनेछ ।

यो ओलम्पिकलाई अमेरिका लगायत केही पश्चिमा देशहरुले कुटनीतिक बहिष्कार गरेका छन् । चीनमा मानव अधिकारको अवस्था चिन्ताजनक रहेको भन्दै ती मुलुकहरुले चीनमाथि दबाब बढाउन ओलम्पिकमा कुटनीतिक बहिष्कार गरेका हुन् ।

कुटनीतिक रुपमा बहिष्कार गरे पनि ती देशले खेलाडी भने पठाएका छन् । आजबाट सुरु हुने विन्टर ओलम्पिक फेब्रुअरी २० सम्म चल्नेछ ।

कृपया, साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरेर लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्