किरात राई चाम्लिङ खाम्बातिमको पाचौं राष्ट्रिय सम्मेलन आगामी फागुन अन्तिम साता धरानमा हुने भएको छ ।
खाम्बातिमका अध्यक्ष युवराज राईकाअनुसार सम्मेलन फागुन २८, २९ र ३० गते धरानमा गर्ने निर्णय भएको छ । सम्मेलनमा चाम्लिङ राईभित्रका पाछागत संस्थाका प्रतिनिधिहरुलाई सहभागी गराइने छ ।
सम्मेलनमा एक पाछाबाट कम्तिमा पनि एक जना प्रतिनिधि सहभागी गराउने योजना छ । चाम्लिङ राईभित्र करिब चार सय पाछाहरु रहेको बताइन्छ ।
खाम्बातिमले चाम्लिङ राईहरुलाई संगठित गरी चाम्लिङ भाषा, संस्कार, संस्कृतिहरुको संरक्षण गर्ने तथा सरकारी कार्यालय र विद्यालयहरुमा चाम्लिङ भाषा कार्यान्वयनमा ल्याउने प्रयास गरिरहेको छ ।
मातृभाषामा पनि शिक्षा लिन पाउने संवैधानिक अधिकार स्थापित भएपछि चाम्लिङ बस्ती रहेका गाउँघरका सामुदायिक विद्यालयहरुमा चाम्लिङ भाषा पठनपाठनका लागि पहल गर्ने काम खाम्बातिमले गर्दै आएको छ ।
याे किरात राई यायोक्खाको एक घटक संस्था पनि हो ।