कोभिडबाट भारतमा मृत्यु हुनेको सङ्ख्या पाँच लाख नाघेको छ । शनिबार भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार भारतमा कोभिडबाट मृत्यु हुनेको सङ्ख्या शनिबार पाँच लाख १ हजार ११४ जना पुगेको हो ।
मन्त्रालयले शनिबार कोभिडबाट १ हजार ५९ जनाको ज्यान गएको पनि बताएको छ । यहाँ केही हप्ता यता सङ्क्रमणको सङ्ख्यामा कमी आए पनि मृत्यु भने घटेको छैन ।
शनिबार मात्र त्योभन्दा अघिको २४ घण्टामा १ लाख २७ हजार जनामा कोभिडको सङ्क्रमण पाइएको पनि सो समाचरमा जनाइएको छ ।
यहाँका अधिकारीहरुले अहिलेसम्म भारतमा कोभिड १९ बाट ४ करोड २० हजारभन्दा बढी मानिस सङ्क्रमित भएका थिए ।
भारतमा पछिल्ला समयमा ओमिक्रोनको सङ्क्रमण बढेको हो । तर यहाँ यसअघिको दोस्रो वेभमा डेल्टा भाइरसको सङ्क्रमणका समयमाभन्दा बढी खतरनाक अवस्था भने रहेको छैन ।