माइती नेपालद्वारा कृष्णनगरमा छलफल कार्यक्रम सम्पन्न

कपिलवस्तुकाे कृष्णनगरमा मानव बेचबिखनबाट पीडित तथा प्रभावितहरूको सहयोगका लागि छलफल कार्यक्रम सम्पन्न भएकाे छ ।

उक्त कार्यक्रम कृष्णनगर नगरपालिकाकाे आयोजना तथा हाम्रो सम्मान परियोजनाको सहयोगमा भएकाे हाे ।

कार्यक्रममा विभिन्न संघसंस्था, प्रहरी, मानव बेचबिखनबाट पीडित व्यक्ति, कर्मचारी, पत्रकार, समाजसेवीलगायत अन्य सरोकारवालाहरूको बिचमा मानव बेचबिखनबाट पीडित तथा प्रभावितहरूको सहयोगका लागि के कस्ता उपाय अपनाउन सकिन्छ भन्नेबारे छलफल गरिएको थियो l

मानव बेचबिखनका कारणहरू, मानव बेचबिखनबाट हुने असर, मानव बेचबिखन नियन्त्रणका उपायहरू, मानव बेचविखनविरूद्ध माइती नेपालले गरेका पहलहरु, उद्धार एवम् पुनरागमन प्रक्रिया, बालश्रम, कार्यस्थलमा हुन सक्ने यौन दुर्व्यवहार, सेवा स्तरमा हुन सक्ने यौन शोषण लगायत अन्य बिषयमा माइती नेपाल रूपन्देही तथा कपिलवस्तु जिल्लाकी कार्यक्रम संयोजक माया क्षेत्रीले प्रकाश पारिन् ।

कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रराम चौधरीको अध्यक्षतामा भएकाे कार्यक्रममा नगरपालिकाकाे महिला तथा बालबालिका शाखा प्रमुख थुमादेवी उपाध्यायले शुभकामना मन्तव्य राखेकी थिइन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्