सडक विस्तारको नाममा सिरिजङ्गाको सालिक भत्काउन लागेको भन्दै चुम्लुङको चासो

सडक विस्तार गर्ने क्रममा धरान उपमहानगरपालिका–१५ तिनकुनेस्थित सिरिजङ्गा सिंह थेवेको सालिक वा सोको कम्पाउन्ड भत्किन सक्ने सम्भावना रहेको भन्दै सोप्रति सरोकारवाला निकायका प्रतिनिधिहरुले चासो व्यक्त गरेका छन् ।

किरात याक्थुङ चुम्लुङ केन्द्रीय समिति, चुम्लुङ धरान नगर समिति र लिम्बू विद्यार्थी मञ्चका प्रतिनिधिहरुले जोगवनी-किमाथाङ्का सडक र मदन भण्डारी राजमार्ग विस्तारका क्रममा सिरिजङ्गा सिंह थेवेको सालिक वा कम्पाउन्ड भत्किन सक्ने भन्दै कुनै पनि बहानामा सालिक वा कम्पान्ड भत्काउने काम नगर्न माग गर्दै धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईलाई ध्यानाकर्षण–पत्र बुझाएका छन् ।

उनीहरुले किरात सिरिजङ्गा लिपिका प्रचारक सिरिजङ्गा सिंह थेवेको सालिकको दुई फुट नजिकसम्म सडक विस्तार गरिसक्दा पनि सालिक निर्माता तथा चुम्लुङलाई जानकारी नदिइएको भन्दै आश्चर्य प्रकट गरेका छन् ।

ध्यानाकर्षण–पत्रमा उक्त सालिक तत्कालीन धरान नगरपालिका र इलाका प्रशासन कार्यालयसँग समन्वय गरी धरानका आम नागरिक र जनजातीय संघसंस्थाहरु सबैको सहमतिमा निर्माण गरिएको उल्लेख छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img