पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे छानबिन गर्न संसदमा उपसमिति गठन

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे छानबिन गर्नका लागि संघीय संसद्ले समिति गठन गरेको छ ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले मूल्यवृद्धि छानबिनका लागि राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरेकाे हाे ।

उपसमितिले निरन्तरको मूल्यवृद्धिकाे कारण, उपभोक्तालाई कसरी राहत दिन सकिने व्यवस्था, मूल्यवृद्धिलाई नियन्त्रण गर्ने वैकल्पिक उपायका बारेमा छानबिन गर्नेछ ।

जसमा खेमप्रसाद लोहनी र लक्ष्मी परियार सदस्य छन् ।

नेपालमा पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य निरन्तर उच्च विन्दुमा पुगिरहेको छ ।

पछिल्लो पटक भएको मूल्य समायोजन अनुसार पेट्रोल प्रतिलिटर १४२ रुपियाँ पुगेको छ । यस्तै डिजेल र मट्टीतेलको भाउ १२५ रुपियाँ कायम छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img