Wednesday, November 30, 2022
10.4 C
Diktel

एसईई परीक्षा वैशाख ९ गतेदेखि

Subtitle

माध्यामिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ गतेदेखि हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गरिने छ ।

सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि त्यसअघि नै परीक्षा तोकिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।

दुई वर्ष कोरोना महामारीका कारण हुन नसकेको एसईई यस पटक हुन लागेको हो ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्